क्रिकेट

महिला टि २० क्रिकेटः मलेसियाविरुद्ध नेपालकाे लगातार दाेस्राे जित

इकागज |
जेठ १८, २०८० बिहीबार १२:४ बजे

काठमाडौँ- घरेलु टोली मलेसियाविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा नेपाल विजयी भएको छ ।  नेपालले मलेसियालाई तेस्रो खेलमा २७ रनले हरायो । यससँगै सिरिजमा नेपालले २-१ को अग्रता लिएको छ ।

नेपालले दिएको एक सय ११ रनको लक्ष्य मलेसियाले २० ओभर पूरा खेल्दा ४ विकेट गुमाएर ८३ रन मात्र बनाउन सक्यो।  नेपालका लागि कविता कुँवर, सीता राना मगर र इन्दु बर्माले १–१ विकेट लिए । मलेसियाका लागि माहिरा इज्जती इस्माइलले अविजित ४४ रन र विनिफ्रेड एनी दुराईसिंगमले २० रन को योगदान दिइन्।


टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १ सय १० रन  बनाएको थियो।  नेपालका लागि कप्तान रुविना छेत्रीले १५ बलमा २७ रन, ज्योति पाण्डेले २३ , सीता राना मगरले २१ र इन्दु बर्माले २० रन  बनाएका थिए ।


Author

थप समाचार
x