क्रिकेट

अन्तिम खेलमा मलेसियाविरुद्ध नेपालले पहिला बलिङ गर्ने

इकागज |
जेठ २१, २०८० आइतवार ८:२८ बजे

काठमाडौँ- घरेलु टोली मलेसियाविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले पहिला बलिङ गर्ने भएको छ ।

टस जितेर कप्तान रुविना क्षेत्रीले मलेसियालाई पहिला ब्याटिङ गर्न निम्तो दिएको हो । यसअघिका चारमध्ये २ खेल नेपाल तथा २ खेल मलेसियाले जितेका कारण आजको खेलले सिरिज विजेताको टुंगो लाग्नेछ ।


नेपालले पहिलो खेलमा हार भोग्दा दोस्रो र तेस्रो खेल जितेको थियो । तर शनिबार भएको चौँथो खेलमा मलेसिया विजयी भएपछि सिरिज विजेताको टुंगो अन्तिम खेलबाट लाग्ने भएको हो ।


Author

थप समाचार
x