क्रिकेट

मोइन अली पुनः टेस्ट क्रिकेटमा फर्किन लागेका हुन् ?

इकागज |
जेठ २३, २०८० मंगलबार १३:२३ बजे

काठमाडौँ- इंग्ल्यान्डका अलराउन्डर मोइन अलीले पुनः टेस्ट क्रिकेट खासगरी अस्ट्रेलियाविरुद्धको एसेज सिरिजका लागि फर्किने सोच बनाएका छन् । सन् २०२१ मा टेस्ट क्रिकेटबाट सन्यास लिएका अफस्पिनर मोइनलाई टिममा फर्किनका लागि सोच्न इंग्ल्यान्डको क्रिकेट बोर्डले समय दिएको क्रिकइन्फोले उल्लेख गरेको छ ।

खासगरी भरपर्दा बायाँ हाते स्पिनर ज्याक लिचले अस्ट्रेलियाविरुद्धको एसेज सिरिज गुमाउने भएपछि उनको विकल्पमा मोइनलाई हेरिएको छ । ३५ वर्षीय मोइनले इंग्ल्यान्डका लागि ६७ टेस्ट खेल्दै २ हजार ९ सय १४ रन बनाउनुका साथै १ सय ९५ विकेट समेत हात पारेका छन् ।


उनले एकदिवसीय र टी-ट्वान्टी फर्म्याटमा ध्यान दिनका लागि टेस्टबाट सन् २०२१ को सेप्टेम्बर मा भारतविरुद्ध खेल्दै सन्यास लिएका थिए । ​त्यसयता उनले इंग्ल्यान्डलाई सन् २०२२ को टी-ट्वान्टी विश्वकप तथा यस वर्ष चेन्नई सुपर किंग्सलाई इन्डियन प्रिमियर लिगको उपाधि दिलाएका छन् ।


Author

थप समाचार
x