क्रिकेट

अस्ट्रेलिया र भारतमध्ये कसले जित्ला विश्व टेस्ट च्याम्पियनसीपको उपाधि ?

इकागज |
जेठ २४, २०८० बुधवार १०:३१ बजे

काठमाडौँ- आईसीसी विश्व टेस्ट च्याम्पियनसीपको फाइनल आजबाट इंग्ल्यान्डको ओभलमा सुरु हुँदैछ । भारत र अस्ट्रेलियाबीचको फाइनल नेपाली समयअनुसार दिउँसो ३.१५ बजेबाट सुरु हुनेछ ।

फाइनल खेलको तयारीका लागि पर्याप्त समय तथा इंग्लिस वातावरणमा घुलमिल हुने अवसर पाएका कारण दुबै टिमले यसलाई बहानाको रुपमा भने लिनेछैनन् ।


साथै दुबै टोलीले उपाधि जित्ने दावी समेत गरेका छन् । आईसीसीले जनाएअनुसार अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले टिमका सबै सदस्यलाई तयारीका लागि पर्याप्त समय दिएको बताएका छन् ।

‘तयारीका हिसाबले हामी खुसी छौ । हामीले अभ्यास खेल खेलेका कारण पनि सबैजना फाइनलका लागि तयार छन्,’ कमिन्सले थपे ।

यता भारतीय कप्तान रोहित शर्माले पनि उत्कृष्ट प्रदर्शनका लागि खेलाडीको कामको भारलाई सन्तुलन मिलाउनु आवश्यक रहेको बताउँदै आफ्ना खेलाडीहरु फाइनलका लागि तयार रहेको जनाए ।

‘हामी खेलाडीलाई सक्दो आराम दिने तथा खेलका लागि तयार भएर आएको सुनिश्चत गर्न चाहन्छौ । र हाम्रा खेलाडीहरु फाइनलका लागि तयार छन्,’ भारतीय कप्तान रोहितले थपे ।


Author

थप समाचार
x