क्रिकेट

श्रीलंकाविरुद्धको एकदिवसीय खेलमा अफगानिस्तान ११६ रनमै अलआउट

इकागज |
जेठ २४, २०८० बुधवार १२:२३ बजे

काठमाडौँ- घरेलु टोली श्रीलंकाविरुद्धको तीन खेलको एकदिवसीय सिरिजअन्तर्गतको अन्तिम खेलमा अफगानिस्तान ११६ रनमै अलआउट भएको छ ।

हम्बानटोटामा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २२ ओभर २ बलमा सबै विकेट गुमाएर ११६ रनमात्र जोड्न सक्यो। अफगानिस्तानका लागि मोहम्मद नाबीले सर्वाधिक २३ रन तथा इब्राहिम जदरानले २२ रन बनाए ।


श्रीलंकाका लागि दुस्मान्था चमिराले सर्वाधिक ४ तथा वानिन्दु सहरंगाले ३ विकेट लिए । लाहिरु कुमाराले २ तथा महिस थिकसानाले १ विकेट हात पारे ।

यसअघि पहिलो खेल अफगानिस्तान तथा दोस्रो खेल श्रीलंकाले जितेको थियो ।


Author

थप समाचार
x