क्रिकेट

सन्यास लिएका मोइन अलीले पुनः टेस्ट खेल्ने

इकागज |
जेठ २४, २०८० बुधबार १३:४१ बजे

काठमाडौँ- सन्यास लिइसकेका अलराउन्डर मोइन अलीले पुनः इंग्ल्यान्डका लागि टेस्ट क्रिकेट खेल्ने निश्चित भएको छ । इंग्ल्यान्डको क्रिकेट बोर्ड (ईसीबी) ले अस्ट्रेलियाविरुद्धको पाँच खेलको टेस्ट सिरिज (एसेज) को पहिलो दुई खेलका लागि मोइनलाई टिममा राखेको हो ।

स्पिनर ज्याक लिच घाइते भएपछि उनको स्थानमा मोइनलाई टिममा राखिएको बोर्डले जनाएको छ । इंग्ल्यान्डका कप्तान बेन स्टोक्स र प्रशिक्षक ब्रेन्डन म्याककुलमले आग्रह गरेपछि मोइन पुनः टेस्ट टिममा फर्किएको बीबीसीले उल्लेख गरेको छ ।


टेस्ट क्रिकेट खेल्न गाह्रो भएको भन्दै मोइनले सन् २०२१ को सेप्टेम्बरमा सन्यासको घोषणा गरेका थिए । इंग्ल्यान्डका लागि ६४ टेस्ट खेलेका मोइनले २ हजार ९ सय १४ रन बनाउनुका साथै १ सय ९५ विकेट हात पारेका छन् ।

इंग्ल्यान्ड र अस्ट्रेलियाबीचको पहिलो टेस्ट जुन १६ बाट सुरु हुनेछ ।


Author

थप समाचार
x