क्रिकेट

श्रीलंकाले जित्यो अफगानिस्तानविरुद्धको एकदिवसीय सिरिज

इकागज |
जेठ २४, २०८० बुधवार १४:३ बजे

काठमाडौँ- घरेलु टोली श्रीलंकाले अफगानिस्तानविरुद्धको तीन खेलको एकदिवसीय सिरिज जितेको छ । अन्तिम खेलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै श्रीलंकाले सिरिज २-१ ले जितेको हो ।

पहिलो खेल अफगानिस्तानले ६ विकेटले जितेपनि दोस्रो खेलमा श्रीलंकाले अफगानिस्तानलाई १ सय ३२ रनले पराजित गरेको थियो ।  


बुधबार भएको तेस्रो तथा अन्तिम खेलमा श्रीलंकाले १ सय १७ रनको लक्ष्य १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो । श्रीलंकालाई जित दिलाउन दिमुथ करुणारत्नेले ५६ रन तथा पाथुम निसान्काले ५१ रन जोडे । अफगानिस्तानका गुलबदिन नइबले १ विकेट हात पारे ।

यसअघि हम्बानटोटामा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २२ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय १६ रनमात्र जोड्न सक्यो । अफगानिस्तानका लागि मोहम्मद नाबीले सर्वाधिक २३ रन तथा इब्राहिम जदरानले २२ रन बनाए ।

श्रीलंकाका लागि दुस्मान्था चमिराले सर्वाधिक ४ तथा वानिन्दु सहरंगाले ३ विकेट लिए । लाहिरु कुमाराले २ तथा महिस थिकसानाले १ विकेट हात पारे ।


Author

थप समाचार
x