क्रिकेट

अस्ट्रेलियन ब्याटर स्मिथले गरे रुटको कीर्तिमान बराबरी

इकागज |
जेठ २६, २०८० शुक्रवार ९:१२ बजे

काठमाडौँ- अस्ट्रेलियन ब्याट्सम्यान स्टिभ स्मिथले इंग्ल्यान्डका पूर्व कप्तान जोए रुटको कीर्तिमान बराबरी गरेका छन् । पूर्व अस्ट्रेलियन कप्तान स्मिथले भारतविरुद्ध टेस्ट क्रिकेटमा रुटले बनाएको सर्वाधिक शतकको कीर्तिमानको बराबरी गरेका हुन् ।

स्मिथ र रुट दुबैले भारतविरुद्ध सर्वाधिक ७ शतक पूरा गरेका छन् । इंग्ल्यान्डको ओभलमा जारी आईसीसी विश्व टेस्ट च्याम्पियनसीपको फाइनलमा स्मिथले भारतविरुद्ध शतक पूरा गरेका हुन् ।


स्मिथले भारतविरुद्ध १ सय २१ रन बनाए । टेस्ट क्रिकेटमा स्मिथको यो ३१ औँ शतक पनि हो । त्यसैगरी, ओभलमा स्मिथको यो तेस्रो शतक हो । भारत र अस्ट्रेलियाबीचको टेस्टमा सचिन तेन्दुलकरले सर्वाधिक ११ शतक पूरा गरेका छन् ।

भारत र अस्ट्रेलियाबीचको फाइनल खेलको दोस्रो दिनको समाप्तीमा भारतले ५ विकेटको क्षतिमा १ सय ५१ रन बनाएको छ । त्यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४ सय ६९ रन जोडेको थियो ।


Author

थप समाचार
x