नेपालले खेल्ने एसिया कप 'हाइब्रिड' मोडेलमा हुने
काठमाडौँ- नेपालले खेल्न लागेको एसीसी एसिया कप क्रिकेट प्रतियोगिता पाकिस्तान र श्रीलंकामा हाइब्रिड मोडेलमा हुने भएको छ । एसीसीको अनुसार हाइब्रिड मोडलमा आयोजना हुने प्रतियोगिताको चार खेल पाकिस्तानमा र बाँकी नौ खेल श्रीलंकामा हुने भएको हो ।
एसिया कप २०२३ अगस्ट ३१ देखि १७ सेप्टेम्बर सम्म हुनेछ । भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र नेपाल गरी ६ देश प्रतियोगितामा सहभागी हुने छन् ।
२०२३ को संस्करणमा दुई समूहहरू हुनेछन् । प्रत्येक समूहबाट दुई टोलीहरू सुपर फाेरका लागि छनोट हुनेछन् । सुपर फाेरका शीर्ष दुई टोलीले १७ सेप्टेम्बरमा फाइनल हुने खेलमा भिड्नेछन् ।
नेपालले समूह 'ए' मा रहेको छ र एसियाको सबैभन्दा बलियो टोली भारत र पाकिस्तानसँग खेल्ने छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया