क्रिकेट

भारतमा विश्वकप खेल्न सरकारको स्वीकृति कुर्दै टिम पाकिस्तान

इकागज |
असार २, २०८० शनिबार ११:२० बजे

काठमाडौँ- भारतले अक्टोबर ५ देखि आयोजना गर्ने आईसीसी एकदिवसीय क्रिकेट विश्वकप खेल्नका लागि पाकिस्तान टिम अझै सरकारको स्वीकृतिको पर्खाइमा रहेको छ ।

क्रिकइन्फोले जनाएअनुसार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) लाई पत्र लेख्दै भारतमा खेल्नका लागि बोर्डको स्वीकृतिलेमा नपुग्ने जनाएको छ ।


पीसीबीका अध्यक्ष नजाम सेठीले सरकारको स्वीकृतिबिना पाकिस्तान टिमले भारतमा खेल्न जान नसक्ने बताएका छन् ।

सेठीका अनुसार भारतले पाकिस्तानमा खेल्न सरकारको स्वीकृति खोजेझै पाकिस्तानले पनि भारतमा खेल्न सरकारको स्वीकृति लिनुपर्छ ।

उनले पाकिस्तान सरकारले भारत जान तथा कुन ठाउँमा खेल्ने भन्ने अनुमति दिने समेत दावी गरे ।


Author

थप समाचार
x