विश्वकप छनोटः पहिलो पावर-प्लेमा नेपालले जोड्यो ४५ रन
काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटको उद्घाटन खेलमा जिम्बाब्वेविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पहिलो पावर-प्लेमा रन जोडेको छ ।
जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले सुरुवाती १० ओभरमा कुनै पनि विकेट नगुमाइ ४५ रन बनाएको हो । आशिफ शेख १३ रन तथा कुशल भुर्तेल २९ रनमा अविजित रहेका छन् ।
टस जितेर जिम्बाब्वेले नेपाललाई पहिला ब्याटिङका लागि निम्तो दिएको थियो ।
नेपालले पहिलो पटक टेस्ट राष्ट्रसँग एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछ । नेपाल र जिम्बाब्वे समूह ‘ए’ मा रहेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया