क्रिकेट

ओडिआईमा कुशल र आशिफले गरे नेपालका लागि अहिलेसम्मकै उच्च साझेदारी

इकागज |
असार ३, २०८० आइतबार १४:५६ बजे

तस्बिरः आईसीसी

काठमाडौँ- कुशल भुर्तेल र आशिफ शेखले नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै उच्च रनको शाझेदारी गरेका छन् ।

जिम्बाब्वेमा आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट खेलिरहेको नेपालका लागि आशिफ र कुशलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि अहिलेसम्मकै उच्च साझेदारी गरेका छन् ।


कुशल ९९ रनमा आउट हुनुअघि पहिलो विकेटका लागि आशिफ र कुशलले मिलेर १७१ रनको साझेदारी गरे । नेपालका लागि यसअघि ज्ञानेन्द्र मल्ल र आसिफ शेखबीच १३९ रनको साझेदारी रहेको थियो । उनीहरुले दोस्रो विकेटका लागि सो साझेदारी गरेका थिए ।

पहिलो विकेटका लागि भने आशिफ र कुशलको नै ११४ रनको साझेदारी थियो ।


Author

थप समाचार
x