नेपाललाई तेस्रो सफलता, सन्दीप लामिछानेले लिए विकेट
काठमाडौँ- जिम्बाबेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजको तेस्रो विकेट लिएको छ ।
जिम्बाबेको हरारे स्पोर्टस क्लबमा भइरहेको खेलमा नेपालका सन्दीप लामिछानेले तेस्रो विकेट लिएका हुन् । १५.३ ओभरमा नेपाललाई तेस्रो सफलता दिँदै लामिछानेले विकेट लिएका हुन् ।
यसअघि करण केसीले दोस्रो ओभरको तेस्रो बलमा पहिलो विकेट लिएका थिए भने ४.१ ओभरमा गुल्सन झाले दोस्रो विकेट लिएका हुन् ।
यो समाचार तयार पार्दासम्म वेष्ट इण्डिजले १५.३ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ५५ रन जोडेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया