नेपालले दियो नेदरल्यान्ड्सलाई १६८ रनको लक्ष्य
काठमाडौँ- जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत नेपालले नेदरल्यान्ड्सलाई १६८ रनको लक्ष्य दिएको छ । समूह ‘ए’ अन्तर्गत टाकासिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४४ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १६७ रनमात्र जोड्न सक्यो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ३३ रन, कुशल भुर्तेलले २७ रन तथा भिम सार्कीले २२ रन बनाए । दिपेन्द्र सिंह ऐरीले १४ तथा कुशल मल्लले १२ रन जोडे । गुल्सन झाले १५ रन तथा सन्दीप लामिछानेले २७ रनको योगदान गरे ।
नेदरल्यान्ड्सका लागि लोगान भान बिकले ४, विक्रमजित सिंह र बास डी लिडेले २-२ विकेट तथा क्लायटन फ्लोयड र आर्यन दत्तले १-१ विकेट हात पारे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया