विश्वकप छनोटः आज दुई खेल हुँदै
काठमाडौँ- जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत आज (आइतबार) पनि दुई खेल हुँदैछ । आज समूह ‘बी’ का खेलहरु हुने तालिका रहेको छ ।
यस समूहमा रहेका दुई टेस्ट राष्ट्रहरु श्रीलंका र आयरल्यान्डबीचको खेल क्विन्स स्पोर्ट्स क्लबमा हुनेछ । त्यसैगरी, स्कटल्यान्ड र ओमानबीचको खेल बुलावायो एथलेटिक क्लबमा हुनेछ । दुवै खेल नेपाली समयअनुसार दिउँसो १२:४५ बजेबाट सुरु हुनेछ ।
यस समूहमा रहेका श्रीलंका, स्कटल्यान्ड र ओमानको समान ४-४ अंक छ । नेट रनरेटमा माथि रहेका श्रीलंका र स्कटल्यान्डले समान २-२ मात्र खेलेका छन् । ओमानले भने ३ खेल खेलिसकेको छ । आयरल्यान्डले भने खेलेको दुवै खेलमा पराजय भोगेको छ । यूएई भने ३ खेलमा पराजय भोग्दै सुपर सिक्सको दौडबाट बाहिरिसकेको छ ।
यता सुपर सिक्सको सम्भावना कायमै राख्न आज आयरल्यान्डले श्रीलंकालाई पराजित गर्नुपर्नेछ । ओमान र स्कटल्यान्डबीच हुने खेलको विजेता भने सुपर सिक्समा पुग्नेछ ।
समूह ‘ए’ बाट भने जिम्बाब्वे, वेस्ट इन्डिज र नेदरल्यान्ड्स सुपर सिक्समा पुगिसकेका छन् भने नेपाल र अमेरिका बाहिरिसकेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया