क्रिकेट

सन्दीप लामिछाने २ सय अन्तर्राष्ट्रिय विकेटनजिक

इकागज |
असार १०, २०८० आइतबार १०:४ बजे

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने २ सय अन्तर्राष्ट्रिय विकेटनजिक पुगेका छन् । केवल ८ विकेट हात पारे सन्दीपले अन्तर्राष्ट्रिय क्रिकेटमा २ सय विकेट पूरा गर्नेछन् ।

सन्दीपले ४७ एकदिवसीय अन्तर्राष्ट्रियमा १ सय ७ विकेट हात पारिसकेका छन् । त्यसैगरी, उनले ४३ टी-ट्वान्टी अन्तर्राष्ट्रियमा ८५ विकेट हात पारिसकेका छन् । समग्रमा उनले १ सय ९२ अन्तर्राष्ट्रिय विकेट हात पारिसकेका छन् ।


सन्दीपले थप ८ विकेट लिए नेपालका लागि २ सय अन्तर्राष्ट्रिय विकेट लिने सन्दीप पहिलो खेलाडी बन्नेछन् । उनले सबैभन्दा कम ४२ खेलमै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय विकेट लिने विश्व कीर्तिमान समेत कायम गरेका छन् । उनले अफगानिस्तानका राशिद खानलाई पछि पारेका हुन् ।

४३ खेल खेलिसकेका सन्दीपले कम्तिमा पनि ५२ टी-ट्वान्टी क्रिकेट खेलमै १ सय विकेट लिएको खण्डमा उनी टी-ट्वान्टी अन्तर्राष्ट्रियमा पनि सर्वाधिक छिटो १ सय विकेट लिने विश्व कीर्तिमान कायम गर्नेछन् । उनले टी-ट्वान्टीमा पनि राशिद खानलाई पछि पार्नेछन् ।

सन्दीपपछि नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय विकेट लिनेमा करण केसी हुन् । उनले ४३ एकदिवसीय खेलमा ६० विकेट तथा ४४ टी-ट्वान्टी खेलमा ६६ विकेट हात पारेका छन् ।

त्यसैगरी, ४७ एकदिवसीय खेलमा ६३ विकेट हात पारेका सोमपाल कामीले ४२ टी-ट्वान्टी खेलमा ३८ विकेट हात पारेका छन् ।


Author

थप समाचार
x