क्रिकेट

आयोजक जिम्बाब्वेसँग हारेको वेस्ट इन्डिजलाई अर्को घाटा

इकागज |
असार १०, २०८० आइतबार १५:५४ बजे

काठमाडौँ- आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत शनिबार आयोजक जिम्बाब्वेसँग हार बेहोरेको वेस्ट इन्डिजलाई अर्को घाटा लागेको छ । जिम्बाब्वेविरुद्ध वेस्ट इन्डिजले 'स्लो ओभर रेट' कायम गरेपछि आईसीसीले जरिवाना तिराएको हो ।

वेस्ट इन्डिजले स्लो ओभर रेट कायम राखेकाले उनीहरुको ‘म्याच फी’ को ६० प्रतिशत जरिवाना गरिएको हो । प्रत्येक ओभर कम भए खेलाडीहरूको म्याच फीको २० प्रतिशत जरिवाना हुने गरेको छ र वेस्ट इन्डिजका खेलाडीहरूले तीन ओभर कम गरेकाले ६० प्रतिशत म्याच फी जरिवाना भएको हो ।


हरारेस्थित हरारे स्पोर्टस् क्लबमा शनिबार भएको खेलमा घरेलु टोली जिम्बाब्वेले वेस्ट इन्डिजलाई ३५ रनले पराजित गरेको थियो । जिम्वावेले दिएको दुई सय ६९ रनको लक्ष्य वेस्ट इन्डिज ४४ ओभर ४ बलमा सबै विकेट गुमाउँदै दुई सय ३३ रनमा समेटिएको थियो ।


Author

थप समाचार
x