रफिकको मुद्दामा योर्कशायरले ५ लाख पाउन्ड तिर्नुपर्ने सिफारिस
काठमाडौँ- अजिम रफिकले लगाएको जातीय विभेदको मुद्दामा इंग्लिस क्रिकेट क्लब योर्कशायरले ५ लाख पाउन्ड तिर्नुपर्ने सिफारिस गरिएको छ । एक सुनुवाइका क्रममा इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले योर्कशायरले ५ लाख पाउन्ड तिर्नुपर्ने सिफारिस गरेको रोयटर्सले जनाएको छ ।
स्वतन्त्र रुपमा रहेको क्रिकेट डिसिप्लिन कमिसन (सिडीसी) को सुनुवाइका क्रममा ईसीबीले त्यसका साथै जातीय विभेदको मुद्दामाथि चालेको कदमका कारण योर्कशायरले खेल्ने विभिन्न क्रिकेट प्रतियोगिताको अंक घटाउनुपर्ने सिफारिस समेत गरेको छ ।
पाकिस्तानी मूल भएका तथा इंग्ल्यान्ड अन्डर-१९ क्रिकेट टिमका पूर्व कप्तान रफिकले सन् २०२१ मा बेलायती संसदीय समितिलाई योर्कशायरमा आफूमाथि अमानवीय व्यवहार भएको तथा क्लबमा आफू संस्थागत रुपमै जातीय विभेदको सिकार भएको बताएका थिए ।
ईसीबीले काउन्टी च्याम्पियनसीपमा योर्कशायरको ४८ देखि ७२ अंक तथा ४ देखि ६ अंक वान-डे कप तथा टी-२० ब्लास्टमा घटाउन सिफारिस गरेको छ ।
जातीय विभेद गर्ने खालको शब्द प्रयोग गरेको भन्दै सिडीसीले यसअघि नै योर्कशायरका ६ खेलाडीमाथि प्रतिबन्द लगाएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया