क्रिकेट

जब इंग्ल्यान्ड-अस्ट्रेलियाको खेल चलिरहँदा प्रदर्शनकारी मैदान प्रवेश गरे….

इकागज |
असार १३, २०८० बुधबार १६:१४ बजे

काठमाडौँ- इंग्ल्यान्ड र अस्ट्रेलियाबीचको एशेज टेस्ट सिरिजको दोस्रो खेल चलिरहँदा प्रदर्शनकारी मैदानमा प्रवेश गरेपछि खेल अवरुद्ध भएको छ । इंग्ल्यान्डको लर्ड्समा पहिलो ओभरको समाप्तीसँगै एक प्रदर्शनकारी मैदानमा प्रवेश गरेका थिए ।

बीबीसीले जनाएअनुसार ‘जस्ट स्टप आयल’ नारासहित प्रदर्शन गरिरहेका प्रदर्शनकारीले मैदानमा दौडिदै सुन्तालको पाउडर समेत छर्किएका थिए ।


‘जस्ट स्टप आयल’ नयाँ जीवाश्म इन्धन इजाजतपत्र र उत्पादन रोक्न इंग्ल्यान्डको सरकार प्रतिबद्ध छ भन्ने सुनिश्चित गर्न सँगै काम गर्ने समूहहरूको गठबन्धन हो ।

मैदानमा दौडिरहेका उक्त प्रदर्शनकारीलाई भने इंग्ल्यान्डका विकेटकिपर जोन्नी बेयरस्टोले उचालेर मैदान बाहिर लगेका थिए । त्यसपछि उनले आफूले लगाएको खेल पोशाक पनि परिवर्तन गरेका थिए ।


Author

थप समाचार
x