क्रिकेट

नाथन लायन बने लगातार एकसयौँ टेस्ट खेल्ने पहिलो बलर

इकागज |
असार १३, २०८० बुधबार १६:२५ बजे

काठमाडौँ- अस्ट्रेलियाका नाथन लायन लगातार एकसय टेस्ट क्रिकेट खेल खेल्ने पहिलो बलर बनेका छन् । इङ्ग्ल्यान्ड र अस्ट्रेलियाबीचको एशेज टेस्ट सिरिजको दोस्रो खेलमा लायनले यो कीर्तिमान पूरा गरेका हुन् ।

य़सअघि लगातार १०० टेस्ट खेल्ने सूचीमा पाँच क्रिकेटर छन् । लायन १०० टेस्ट खेल्ने सूचीमा छैटौँ र पहिलो बलर बनेका हुन् । अस्ट्रेलियाकै एलन बोर्डर (१५३ खेल) र मार्क वा (१०७ खेल), इङ्ग्ल्यान्डका एलेस्टर कुक (१५९ खेल), इन्डियाका सुनिल गावस्कर (१०६ खेल) र न्युजिल्यान्डका ब्रेन्डन म्याकुलम (१०१ खेल) लगातार एकसय टेस्ट खेल्ने सूचीका अन्य खेलाडीमा हुन् ।


लायनले अस्ट्रेलियाका लागि १० वर्ष अगाडि इङ्ग्ल्यान्डविरुद्ध नै लर्ड्स क्रिकेट ग्राउण्डमा टेस्ट खेलका क्रममा टिममा परेका थिएनन् । त्यसपछि लायनले कुनै टेस्ट खेल गुमाएका छैनन् ।


Author

थप समाचार
x