बहुप्रतीक्षित भारत-पाकिस्तान क्रिकेटः अहमदाबादको होटलको दरमा व्यापक वृद्धि
काठमाडौँ- भारतमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपअन्तर्गत आयोजक भारत र पाकिस्तानबीचको खेल अक्टोबर १५ मा हुने तालिका रहेको छ । बहुप्रतीक्षित भारत र पाकिस्तानबीचको उक्त खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुने भएको छ ।
भारत र पाकिस्तानबीचको खेल अहमदाबादमा हुने तय भएसँगै अहमदाबादमा रहेका होटलको दरमा व्यापक वृद्धि भएको छ । भारतीय संचारमाध्यमहरुले जनाएअनुसार होटलको दरमा १० देखि २० औँ गुणासम्म वृद्धि भएको छ ।
अधिकांश होटलका रुमहरु ‘बुक’ भइसकेपनि केही होटलले एक लाख भारतीय रुपैयाँसम्म लिने गरेका छन् । जबकी सामान्य दिनमा सोही रुमको दर ५ देखि ८ हजारसम्म मात्र रहने गरेको छ ।
नरेन्द्र मोदी स्टेडियमको दर्शक क्षमता १ लाख ३२ हजार रहेको तथा भारत र पाकिस्तानबीचको खेलका क्रममा सबै सिट भरिने अपेक्षा गरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया