क्रिकेट

दुई खेल जितेर नेपाली क्रिकेट टिम स्वदेश फिर्ता

इकागज |
असार २२, २०८० शुक्रबार १४:५२ बजे

तस्बिरः क्यान

काठमाडौँ- जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता भएको छ । नेपाली टिम शुक्रबार स्वदेश फिर्ता भएको हो ।

विश्वकप छनोटमा नेपाल आठौं भएको थियो । सातौं स्थानका लागि भएको खेलमा नेपालले आयरल्यान्ड्ससँग २ विकेटको पराजय भोगेको थियो ।


नेपालले समूह चरणमा खेलेका चारमध्ये ३ खेलमा पराजय भोग्दा १ खेलमा जित हात पारेको थियो ।

त्यसैगरी, सातौं स्थानका लागि भएको प्लेअफमा युनाइटेड अरब इमिरेट्सलाई ३ विकेटले पराजित गरेको थियो ।

समग्रमा नेपालले खेलेका ६ मध्ये ४ खेलमा पराजित भएको थियो । नेपालले दुई खेलमा जित हात पारेको थियो । 

 


Author

थप समाचार
x