यू–१६ कप विजेता क्रिकेट खेलाडी सम्मानित
काठमाडौँ- गत हप्ता मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोलीका तीन क्रिकेटरलाई एसपीए कलेजले सम्मान गरेको छ ।
नेपाली टोलीमा रहेका सुदूरपश्चिम प्रदेशका विकेट किपर ब्याट्सम्यान आशिष लुहार, ओपनर ब्याटर नरेन भट्ट र अशोक धामीलाई कलेजले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको हो ।
घरेलु टोली मलेसियामाथि २ सय २१ रनको सानदार जित हात पार्दै नेपालले लगातार तेस्रोपटक यू–१६ इस्ट जोनको उपाधि जितेको थियो ।
कञ्चनपुरका आशिष एसपीए क्रिकेट टोलीको समेत कप्तान समेत हुन् । उनी एसपीए कलेजमा कक्षा १२ मा अध्ययनरत् छन् ।
यस्तै फाइनलमा प्रतियोगितामा शतक प्रहार गरेका ओपनर नरेन भट्ट बैतडी जिल्लाबाट प्रतिनिधित्व गर्छन । अशोक धामी बझाङका हुन् ।
तीनै जनालाई एसपीएले स्नातकोत्तरसम्म निःशुल्क अध्ययन गराउने घोषणा गरेको छ । यस्तै, एसपीएले धनगढी क्रिकेट एकेडेमीमा तीनै जनालाई निःशुल्क प्रशिक्षणको समेत व्यवस्था मिलाइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया