पवन सर्राफले इमर्जिङ टिम्स एसिया कप खेल्ने, आरिफ टिमबाहिर
काठमाडौँ- अल-राउन्डर पवन सर्राफले श्रीलंकामा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्ने भएका छन् । अर्का अलराउन्डर आरिफ शेखले पारिवारिक कारण आफ्नो नाम फिर्ता लिएपछि पवनले टिममा स्थान बनाएका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार पवनलाई आरिफको स्थानमा ल्याइएको जानकारी गराएको हो ।
इमर्जिङ टिम्स एसिया कप श्रीलंकाले १३ जुलाई देखि २३ जुलाईसम्म आयोजना गर्दैछ । प्रतियोगिताका लागि नेपाल समूह ‘बी’ मा परेको । यस समूहमा युएई ‘ए’, पाकिस्तान ‘ए’ र भारत ‘ए’ पनि रहेका छन् । समूह ‘ए’ मा भने श्रीलंका ‘ए’, बंगलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र ओमान ‘ए’ छन् ।
नेपालले पहिलो खेल १४ जुलाईमा पाकिस्तान, दोस्रो खेलमा १७ जुलाईमा भारत तथा समूह चरणको अन्तिम खेलमा १९ जुलाईमा युएईको सामना गर्ने तालिका रहेको छ ।
नेपाली टिम:
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, पवन सरार्फ, देव खनाल, गुल्शन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जि.सी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया