क्रिकेट

दिपेन्द्रको एकदिवसीय वरीयता खस्कियो, सन्दीपको अवस्था कस्तो ?

इकागज |
असार २७, २०८० बुधबार १४:४१ बजे

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दिपेन्द्र सिंह ऐरीको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयता खस्किएको छ ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार दिपेन्द्रको वरीयता खस्किएको हो । यसअघि ६२ औँ स्थानमा रहेका दिपेन्द्र ६३ औँ स्थानमा झरेका छन् ।


यता लेग स्पिनर सन्दीप लामिछाने भने २४ औँ स्थानमा यथावत रहेका छन् । त्यसैगरी, सोमपाल कामी ७८ बाट ७९ औँ स्थानमा झरेका छन् भने करण केसी ८५ बाट ८४ औँ स्थानमा उक्लिएका छन् । ललित राजवंशी ९८ औँ स्थानमा यथावत छन् ।

ब्याटिङतर्फ कप्तान रोहित पौडेल ७३ औँ स्थानमा यथावत रहँदा आशिफ शेख ७७ औँ स्थानबाट ८० औँ स्थानमा झरेका छन् ।

टी-ट्वान्टीको ब्याटिङतर्फ दिपेन्द्र ६२ औँ स्थान तथा अलराउन्डतर्फ १४ औँ स्थानमा छन् । बलिङतर्फ सन्दीप लामिछाने ७० औँ स्थानमा रहेका छन् । 


Author

थप समाचार
x