जैसवाल बने टेस्ट क्रिकेटको डेब्युमै शतक पूरा गर्ने तेस्रो भारतीय खेलाडी
काठमाडौँ- यशस्वी जैसवाल टेस्ट क्रिकेटको डेब्यु खेलमा ओपनिङ ब्याट्सम्यानको रुपमा शतक पूरा गर्ने तेस्रो भारतीय खेलाडी बनेका छन् ।
घरेलु टोली वेस्ट इन्डिजविरुद्ध डेब्यु गर्दै ओपनरको रुपमा ब्याटिङ गर्न आएका जैसवाल १ सय ४३ रनमा अविजित रहेका छन् । उनले ३ सय ५० बलको सामना गर्दा १४ चौका हिर्काएका छन् ।
जैसवालभन्दा अगाडी शिखर धवनले सन् २०१३ तथा पृथ्वी शाँले सन् २०१८ मा ओपनर ब्याटरको रुपमा भारतका लागि शतक पूरा गरेका थिए ।
त्यसैगरी, भारतभन्दा बाहिर डेब्यु खेलमै शतक पूरा गर्ने जैसवाल पहिलो भारतीय खेलाडी हुन् ।
अर्कोतर्फ समग्रमा भारतका लागि टेस्ट क्रिकेटको डेब्यु खेलमा शतक पूरा गर्ने जैसवाल १७ औँ खेलाडी हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया