लामो समयपछि खेलमा फर्किएका अफ्रिदीले टेस्ट क्रिकेटमा पूरा गरे सय विकेट
काठमाडौँ- पाकिस्तानका बायाँ हाते फास्ट बलर शाहिन शाह अफ्रिदीले श्रीलंकाविरुद्धको पहिलो टेस्ट खेलको पहिलो दिनमा टेस्ट करियरको एक सय विकेट पूरा गरेका छन् ।
पाकिस्तान र घरेलु टोली श्रीलंकाबीचको दुई खेलको टेस्ट सिरिजको पहिलो खेल गाले अन्तर्राष्ट्रिय रंगशालामा आइतबारबाट सुरु भएको हो ।
सिरिजको पहिलो खेलमै पहिलो विकेट लिएपछि अफ्रिदीले एक सय विकेट पूरा गरेका हुन् । अफ्रिदीले आफ्नो २६ औँ टेस्ट खेलमा एक सय विकेट पूरा गरे ।
चोटका कारण एक वर्ष नखेलेका उनले आफ्नो पुनरागमनको क्रममा श्रीलंकाका ओपनर निशान मदुस्कालाई आउट गरेर यो उपलब्धि प्राप्त गरेका हुन् ।
२३ वर्षको उमेरमा यो उपलब्धि हासिल गर्ने अफ्रिदी तेस्रो पाकिस्तानी फास्ट बलर हुन् । उनीसँगै लिजेन्ड वासिम अक्रम र वकार युनिस यस सूचीमा छन् ।
सन् २०२२ मा अस्ट्रेलियामा भएको टी-ट्वान्टी विश्वकपको फाइनलमा इङ्ल्यान्डका ब्याट्सम्यान ह्यारी ब्रुकलाई आउट गर्न क्याच लिने क्रममा अफ्रिदी घाइते भएका थिए ।
अफ्रिदीले एकदिवसीयमा ७० र टी-ट्वान्टीमा ६४ विकेट लिएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया