कप्तान रोहितको अर्धशतकमा नेपालले दियो भारतलाई १६८ रनको लक्ष्य
काठमाडौँ- श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपको दोस्रो खेलमा नेपालले भारत ‘ए’ लाई १६८ रनको लक्ष्य दिएको छ ।
समूह ‘बी’ अन्तर्गत आर प्रेमादासा स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३९.१ ओभरमा सबै विकेट गुमाएर १६७ रन बनायो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६५ रन बनाए । गुल्सन झाले ३८ रनको योगदान गरे । देव खनाल १५ रन तथा सोमपाल कामी १४ रनमा आउट भए ।
भारतका लागि निशान्त सिन्धुले सर्वाधिक ४ विकेट, राजवर्धन हंगारकरले ३ विकेट र हर्सित रानाले २ विकेट हात पारे । मानव सुथारले १ विकेट लिए ।
यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपालले पाकिस्तान ‘ए’ सँग ४ विकेटको पराजय भोगेको थियो । यता उपाधि दाबेदार भारतले भने पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) ‘ए’ लाई ८ विकेटले हराएको थियो ।
पहिलो खेलमा पराजय भोगेका कारण सेमिफाइनलको सम्भावना कायमै राख्न नेपालले भारतविरुद्ध जित हात पार्नुपर्नेछ । आजको खेलमा पराजित भएको खण्डमा नेपाल समूह चरणबाटै बाहिरिनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया