क्रिकेट

भारतसँग पराजित हुँदै नेपाल एसिया कपको समूह चरणबाटै बाहिर

इकागज |
साउन १, २०८० सोमबार १९:१६ बजे

काठमाडौँ- श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपको दोस्रो खेलमा भारत ‘ए’ सँग  नेपाल ९ विकेटले पराजित भएको छ ।

पराजयसँगै नेपाल एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपालले पाकिस्तान ‘ए’ सँग ४ विकेटको पराजय भोगेको थियो ।


१६८ रनको लक्ष्य भारतले २२.१ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । भारतका लागि अभिषेक शर्माले ८७ रन तथा साई सुदर्शनले ५८ रन बनाए । 

नेपालका लागि कप्तान रोहित पौडेलले १ विकेट लिए ।

यसअघि समूह ‘बी’ अन्तर्गत आर प्रेमादासा स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३९.२ ओभरमा सबै विकेट गुमाएर १६७ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६५ रन बनाए । गुल्सन झाले ३८ रनको योगदान गरे । देव खनाल १५ रन तथा सोमपाल कामी १४ रनमा आउट भए ।

भारतका लागि निशान्त सिन्धुले सर्वाधिक ४ विकेट, राजवर्धन हंगारकरले ३ विकेट र हर्सित रानाले २ विकेट हात पारे । मानव सुथारले १ विकेट लिए ।


Author

थप समाचार
x