क्रिकेट

एसिया कपः यूएईले नेपाललाई दियो १५८ रनको सामान्य लक्ष्य

इकागज |
साउन ३, २०८० बुधबार १३:२५ बजे

काठमाडौँ- श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेलमा यूएईले नेपाललाई १५८ रनको लक्ष्य दिएको छ ।

पी सारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरिरहेको यूएईले ४४ ओभरमा सबै विकेट गुमाएर १५७ रन जोड्यो ।


यूएईका लागि लभप्रित सिंहले सर्वाधिक ५२ रनको योगदान गरे । इथान डी’सुजाले १८, अश्वन्थ भालथापाले १६ तथा आर्यान्स शर्माले १४ रन जोडे ।

नेपालका लागि कुशल भुर्तेलले ६ तथा मौसम ढकालले २, कुशल मल्ल र पवन सर्राफले १-१ विकेट लिए ।


Author

थप समाचार
x