भारतलाई पराजित गर्दै पाकिस्तानले उचाल्यो एसीसी इमर्जिङ कपको उपाधि
विराटनगर - श्रीलंकामा सम्पन्न एसिसी इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तानले उचालेको छ । भारतको ‘ए’ टिमलाई १२८ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तानको ‘ए’ टिमले उपाधि जितेको हो । टस जितेर फिल्डिङ रोजेको भारतलाई पाकिस्तानले ८ विकेटको क्षतिमा ३५३ रन लक्ष्य सुम्पिएको थियो ।
भारतले ४० ओभरमै अलआउट हुँदा २४० रनमा सिमित भयो । भारतका लागि ओपनर ब्याट्सम्यान अभिषेक शर्माले सर्वाािधक ६१ रन जोड्नेबाहेक अरु टिक्न सकेनन् । साइ सुदर्शन २९ रनमा आउट हुँदा कप्तान यश धुलले ३९ रनमै पेभिलियन फर्किनु परेको थियो । तयब तहिरले ७१ बलमा १२ चौका र ४ छक्कासहित पाकिस्तानका लागि आफ्नो उत्कृष्ट शतक दिए ।
पाकिस्तानकै सुफियान मुकिमले ३, मेहरम मुम्ताज, अर्सद इकबाल र मोहमद वासिमले २–२ विकेट लिएर भारतलाई धारासायी बनाए । ओपनरद्वय सइम अयुवले ५९ र सहिबजाडा फरहानले ६५ रनको योगदान टिमलाई दिएका थिए । जितसँगै पाकिस्तानले समुह चरणको खेलमा भारतसँग हारको बदला पनि लिएको छ । सन् २०१९ मा बंगलादेशलाई पराजित गरेर च्याम्पियन बनेको पाकिस्तान २०१३ र २०१७ को उपविजेता थियो ।
प्रतियोगीताको समूह ‘ए’ मा विजेता पाकिस्तानसहित भारत, नेपाल र युएई रहेका थिए । समुह चरणमा भने नेपाल भारत र पाकिस्तानसँग पराजित भएको थियो । नेपालले प्रतियोगिताको सान्त्वना जित युएईबाट निकालेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया