क्रिकेट

एसेज सिरिज जित्ने इंग्ल्यान्डको सपनामा वर्षा बाधक

इकागज |
साउन ८, २०८० सोमबार ८:५१ बजे

काठमाडौँ- पाँच खेलको एसेज टेस्ट क्रिकेट सिरिज जित्ने घरेलु टोली इंग्ल्यान्डको अपेक्षा वर्षाका कारण अधुरो रहने भएको छ ।

म्यानचेस्टरको इमिरेट्स वर्ल्ड ट्राफोर्डमा भएको चौँथो खेल वर्षाका कारण बराबरीमा रोकिएपछि इंग्ल्यान्डले सिरिज जित्ने सम्भावना अन्त्य भएको हो ।


यससँगै पाहुना टोली अस्ट्रेलियाले सिरिजमा २-१ को अग्रता लिएको छ । सुरुवाती २ खेल अस्ट्रेलियाले जितेपनि तेस्रो खेल इंग्ल्यान्डले जितेको थियो ।

चौँथो खेलमा पनि इंग्ल्यान्ड हावी भएको थियो । तर वर्षाका कारण अन्तिम तथा पाचौँ दिनेको खेल हुन नसकेपछि खेल बराबरीमै टुंगिएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो इनिङ्समा ३ सय १७ रन जोडेको थियो । अस्ट्रेलियाका लागि मार्नस लाबुसेन र मिचेल मार्सले समान ५१-५१ रन बनाए । इंग्ल्यान्डका क्रिस ओक्सले सर्वाधिक ५ विकेट लिए ।

इंग्ल्यान्डले भने आफ्नो पहिलो इनिङ्समा ५ सय ९२ रनको विशाल योगफल तयार पार्‍यो । इंग्ल्यान्डका लागि ज्याक क्रलीले १ स ८९ रनको योगदान गरे । अस्ट्रेलियाका लागि जोश ह्याजलउडले सर्वाधिक ५ विकेट लिए ।

पहिलो इनिङ्समा २ सय ७५ रनले पछि परेको अस्ट्रेलियाले दोस्रो इनिङ्समा ५ विकेट गुमाएर २ सय १४ रन जोडेपछि खेल वर्षाका कारण हुन सकेन । अस्ट्रेलियाका लागि लाबुसेनले १ सय ११ रन बनाए । इंग्ल्यान्डका मार्क उडले ३ विकेट हात पारेका थिए ।

सिरिजको अन्तिम खेल जुलाई २७ बाट सुरु हुनेछ । अन्तिम खेलले सिरिजको टुंगो लगाउनेछ । 

 


Author

थप समाचार
x