भारतले जित्यो वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिज
काठमाडौँ- घरेलु टोली वेस्ट इन्डिजविरुद्धको दुई खेलको टेस्ट क्रिकेट सिरिज भारतले आफ्नो पक्षमा पारेको छ ।
सोमबार राति सम्पन्न दोस्रो तथा अन्तिम खेल वर्षाका कारण बराबरीमा टुंगिएपछि सिरिज भारतले १-० जितेको हो । भारतले पहिलो खेल एक इनिङ्स र १ सय ४१ रनले जितेको थियो ।
जितका लागि ३ सय ६५ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २ विकेट गुमाएर ७६ रन बनाउँदा वर्षाका कारण थप खेल हुन सकेन र दोस्रो खेल बराबरीमै टुंगियो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा ४ सय ३८ रन जोडेको थियो । भारतका लागि विराट कोहलीले १ सय २१ रनको योगदान गरे ।
जवाफमा वेस्ट इन्डिजले पहिलो इनिङ्समा २ सय ५५ रनमात्र जोड्न सक्यो । वेस्ट इन्डिजका लागि कप्तान क्रेग ब्रेथवेटले ७५ रन बनाए । भारतका लागि मोहम्मद सिराजले सर्वाधिक ५ विकेट लिए ।
भारतले भने २ विकेटको क्षतिमा १ सय ८१ रन बनाउँदै दोस्रो इनिङ्स समाप्तीको घोषणा गरेको थियो ।
त्यसपछि वेस्ट इन्डिजले ३ सय ६५ रनको लक्ष्य पाएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया