सन्दीपआवद्ध टिमले जित्दा दिपेन्द्रको टिम पराजित
काठमाडौँ- क्यानाडामा जारी ग्लोबल टी-ट्वान्टी क्यानाडाअन्तर्गत सन्दीप लामिछानेआवद्ध सर्रे जागुअर्सले जित हात पार्दा दिपेन्द्र सिंह ऐरीआवद्ध मोन्टरियल टाइगर्स पराजित भएको छ ।
सर्रेले ब्राम्पटन उल्भ्सलाई ६ विकेटले पराजित गर्यो । जितसँगै ६ खेलबाट ८ अंक जोडेको सर्रे तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
मंगलबार राति ब्राम्पटनलाई पराजित गर्न सर्रेले १ सय २९ रनको लक्ष्य १८ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । सर्रेको जितमा लिटोन दासले ५९ रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ब्राम्पटनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २८ रन बनायो । उसका लागि कोलिन डी ग्रान्डहोमले ३४ रन बनाए । सर्रेका लागि अमर खालिद, म्याथ्यु फोर्ड र आयान खानले २-२ विकेट हात पारे ।
सन्दीप लामिछानेले ३ ओभरमा २५ रन खर्चिएपनि विकेट हात पार्न सकेनन् ।
यता दिपेन्द्रआवद्ध मोन्टरियलले भान्कोभर नाइट्ससँग ९ विकेटले पराजित भयो । भान्कोभरले एक सय रनको लक्ष्य १४ ओभर ५ बलमा १ विकेट गुमाएर पूरा गर्यो । भान्कोभरका लागि मोहम्मद रिजवानले ६८ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मोन्टरियलले १८ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ९९ रनमात्र बनायो । उसका लागि मुहम्मद वासिमले २८ तथा दिपेन्द्रले २४ रन बनाए । भान्कोभरका लागि रुवेन ट्रम्पेलम्यान र जुनैद सिद्धिकीले ३-३ विकेट लिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया