क्रिकेट

भारतका मनोज तिवारीले लिए क्रिकेटका सबै फर्म्याटबाट सन्यास

इकागज |
साउन १८, २०८० बिहीबार १३:४८ बजे

काठमाडौँ- भारतीय अन्तर्राष्ट्रिय क्रिकेटर मनोज तिवारीले बिहीबार सबै फर्म्याटका क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् ।

तिवारीले आफ्नो इन्स्टाग्राममा 'क्रिकेट खेललाई अलबिदा' लेख्दै सन्यासको घोषणा गरे ।


तिवारीले अन्तिम पटक सन् २०१५ मा भारतका लागि खेलेका थिए । जिम्बाब्वेमा भएको एकदिवसीय सिरिजका लागि तीन खेलमा मात्र ३४ रन बनाए । त्यसअघि तिवारीलाई  सन् २०११-१२ मा भारतको टोलीमा समावेश गरिएको थियो, जहाँ उनले चेन्नईमा वेस्ट इन्डिजविरूद्ध १०४ रन बनाइ अविजित रहेका थिए ।

तिवारीले बंगालबाट फस्ट क्लासका खेलहरु भने जारी राखे । उनले ४८ भन्दा बढी औसतमा नाै हजार रन बनाए । जसमा २९ शतक र ४५ अर्धशतक थियाे । उनको ३०३ रन नट आउटको उच्चतम स्कोरको साथ क्रिकेटबाट सन्यास लिए ।

तिवारी अहिले पश्चिम बंगालका युवा मामिला तथा खेलकुद राज्यमन्त्री छन् ।


Author

थप समाचार
x