क्रिकेट

नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान ज्ञानेन्द्रले लिए क्रिकेटबाट सन्यास

इकागज |
साउन १९, २०८० शुक्रबार १४:५२ बजे

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै ज्ञानेन्द्रले क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । ज्ञानेन्द्रले १८ वर्षे क्रिकेट यात्रालाई विश्राम दिएको बताएका छन् ।


ज्ञानेन्द्रले नेपालका लागि ३७ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ८ सय ७६ रन जोडेका छन् । उनले ७ अर्धशतक समेत प्रहार गरेका छन् ।

४५ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा उनले एक शतक र दुई अर्धशतकसहित ८ सय ८३ रन बनाएका छन् ।

 


Author

थप समाचार
x