वेस्ट इन्डिजले फेरि भारतलाई हरायो
काठमाडौँ- भारतविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिजको दोस्रो खेल पनि घरेलु टोली वेस्ट इन्डिजले जितेको छ ।
प्रोभिडेन्समा आइतबार राति भएको दोस्रो खेलमा वेस्ट इन्डिजले भारतलाई २ विकेटले पराजित गरेको हो ।
जितका लागि चाहिएको १ सय ५३ रनको लक्ष्य वेस्ट इन्डिजले १८ ओभर ५ बलमा ८ विकेट गुमाएर पूरा गर्यो ।
वेस्ट इन्डिजका लागि निकोलस पुरनले सर्वाधिक ६७ रन बनाए । भारतका लागि कप्तान हार्दिक पाण्ड्याले सर्वाधिक ३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन जोड्यो । भारतका लागि तिलक वर्माले सर्वाधिक ५१ रनको योगदान गरे ।
वेस्ट इन्डिजका अकिल होसेन, अल्जारी जोसेफ र रोमारियो शेफर्डले समान २-२ विकेट हात पारे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया