क्रिकेट विश्वकपका लागि अस्ट्रेलियाको १८ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक
काठमाडौँ- अस्ट्रेलियाले यस वर्ष भारतमा हुने आईसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकपका लागि आफ्नो १८ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक गरेको छ ।
अस्ट्रेलियाले प्याट कमिन्सको कप्तानीमा प्राम्भिक टोली सार्वजनिक गरेको हो । अस्ट्रेलियाको प्राम्भिक टोलीमा भने टेस्ट खेलका स्टार मार्नस लाबुसचेन परेका छैनन् ।
विश्वकपमा अस्ट्रेलियाको पहिलो खेल अक्टोबर ८ मा आयोजक भारतसँग चेन्नईमा हुने छ । तर सेप्टेम्बर २८ अघि आइसीसीको नियमअनुसार टोलीलाई अन्तिम रूप दिनुपर्छ । अन्तिम टोलीमा १५ खेलाडी रहनेछन् ।
१८ सदस्यीय टोलीमा तनवीर सांघा र आरोन हार्डी नयाँ खेलाडी समावेश भएका हुन् ।
अस्ट्रेलियाको प्रारम्भिक विश्वकप टोली:
प्याट कमिन्स (कप्तान), सन एबोट, एस्टन अगर, एलेक्स केरी, नाथन एलिस, क्यामरन ग्रीन, आरोन हार्डी, जोस हेजलवुड, ट्राभिस हेड, जोस इन्ग्लिस, मिचेल मार्स, ग्लेन म्याक्सवेल, तनवीर संघ, स्टिभ स्मिथ। , मिचेल स्टार्क, मार्कस स्टोइनिस, डेभिड वार्नर र एडम जाम्पा छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया