सरकारले दियो पाकिस्तानलाई भारतमा विश्वकप खेल्न अनुमति
काठमाडौँ- पाकिस्तान सरकारले पाकिस्तानी पुरुष क्रिकेट टिमलाई भारतमा हुने आईसीसी एकदिवसीय क्रिकेट विश्वकप खेल्न अनुमति दिएको छ ।
पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्तीमार्फत पाकिस्तानी टिमले भारतमा आयोजना हुने विश्वकपमा सहभागी हुने सुनिश्चित गरेको छ ।
विश्वकप अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म आयोजना हुने तालिका रहेको छ ।
लामो समयदेखि पाकिस्तानले भारतमा हुने विश्वकप खेल्ने वा नखेल्नेबारे आशंका उत्पन्न भएको थियो ।
पाकिस्तानले आयोजना हुने एसीसी एसिया कपलाई लिएर दुई देशबीचको विवाद उत्कर्षमा पुगेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया