वेस्ट इन्डिजविरुद्ध भारतको जित
काठमाडौँ- वेस्ट इन्डिजविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिजको तेस्रो खेल पाहुना टोली भारतले आफ्नो पक्षमा पारेको छ ।
प्रोभिडेन्समा मंगलबार राति भएको खेलमा भारतले वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गरेको हो । यससँगै सिरिजमा वेस्ट इन्डिजलाई २-१ को अग्रता कायम रहेको छ ।
मंगलबार राति १ सय ६० रनको लक्ष्य भारतले १७ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । भारतको जितमा सुर्यकुमार यादवले सर्वाधिक ८३ रन तथा तिलक वर्माले ४९ रन जोडे ।
वेस्ट इन्डिजका अल्जारी जोसेफले सर्वाधिक २ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रन जोड्यो । वेस्ट इन्डिजका लागि ब्रान्डन किंगले ४२ तथा कप्तान रोभम्यान पोवेलले ४० रन बनाए ।
भारतका लागि कुलदिप यादवले सर्वाधिक ३ विकेट हात पारे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया