विश्वकप क्रिकेट : सर्याे भारत र पाकिस्तानबीचकाे खेल, अब कहिले हुन्छ यी दुई देशबीच भिडन्त ?
काठमाडौं– यस वर्षको आईसीसी पुरुष क्रिकेट विश्वकप अन्तर्गत हुने भारत र पाकिस्तानबीचको खेलको समय सारिएको छ । दर्शकहरुले धेरै प्रतीक्षा गरेको यी दुई टोलीबीचको खेल पूर्व निर्धारित समयभन्दा एक दिनअघि सारिएको हो ।
यी दुई टोलीबीचको खेलको तालिका परिवर्तन हुँदा अन्य आठ खेलहरुको समय पनि परिवर्तन भएको छ ।
यसअघि भारत र पाकिस्तानबीचको भिडन्त १५ अक्टोबर आइतबार अहमदाबादमा हुने तालिका सार्वजनिक गरिएको थियो । अहिले नयाँ तालिकाअनुसार अब उनीहरुबीचको खेल सोही स्थानमा अक्टोबर १४ मा हुनेछ ।
भारतविरुद्ध पाकिस्तान अक्टोबर १५ बाट अक्टोबर १४मा सरेकाे हाे । इङ्ल्यान्डविरुद्ध अफगानिस्तानबीचकाे खेल अक्टोबर १४ बाट अक्टोबर १५मा सरेकाे छ । त्यस्तै पाकिस्तानविरुद्ध श्रीलंकाकाे अक्टोबर १२ बाट अक्टोबर १० मा सारिएकाे छ भने अस्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाकाे खेल अक्टोबर १३ बाट अक्टोबर १२मा राखिएकाे छ ।
बंगलादेशविरुद्ध न्यूजिल्याण्ड अक्टोबर १४ मा हुने भनिएकाे थियाे । अब यी दुई बीचकाे खेल अक्टोबर १३मा हुनेछ भने भारतविरुद्ध नेदरल्यान्ड्सले नोभेम्बर १२ मा खेल्नेछ । याे खेल यसअघि नोभेम्बर ११का लागि तय गरिएकाे थियाे । त्यस्तै इङ्ल्यान्डविरुद्ध बंगलादेशकाे खेल अक्टोबर १० दिउँसो २ः१५ बाट अक्टोबर १० बिहान १० बजे सारिएकाे छ । नोभेम्बर १२ मा हुने भनिएकाे इङ्ल्यान्डविरुद्ध पाकिस्तानकाे खेल नोभेम्बर ११ र अस्ट्रेलियाविरुद्ध बंगलादेशकाे खेल नोभेम्बर १२ बाट नोभेम्बर ११ मा सारिएकाे सार्वजनिक गरिएकाे नयाँ तालिकामा उल्लेख छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया