आयरल्यान्डविरुद्ध भारत २ रनले विजयी
काठमाडौँ- घरेलु टोली आयरल्यान्डविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिजको पहिलो खेलमा भारत विजयी भएको छ ।
डबलिनमा शुक्रबार राति भएको खेलमा पाहुना टोली भारतले आयरल्यान्डलाई डीएल मेथडका आधारमा २ रनले पराजित गरेको हो ।
आयरल्यान्डले दिएको १ सय ४० रनको लक्ष्य पछ्याउने क्रममा वर्षा बाधक बनेको थियो ।
भारतले ६ ओभर ५ बलमा २ विकेट गुमाएर ४७ रन जोड्दा वर्षाका कारण खेल हुन सकेन र खेल भारतले आफ्नो पक्षमा पार्यो ।
भारतका लागि यशस्वी जैसवालले २४ रन तथा रुतुराज गाइक्वाडले १९ रन बनाए । आयरल्यान्डका क्रेग योँगले २ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३९ रन बनायो ।
आयरल्यान्डका लागि बेरी म्याककार्थीले ३३ बलमा समान ४ चौका र ४ छक्काको मदतमा अविजित ५१ रन जोडे । कर्टिस काम्फरले ३९ रन बनाए ।
भारतका रवि विस्नोई, जसप्रित बुमराह र प्रसिद्ध कृष्णले समान २-२ विकेट हात पारे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया