क्रिकेट

टी-ट्वान्टी सिरिजः नेपालले दियो मलेसियालाई ८४ रनको लक्ष्य

इकागज |
भदौ ८, २०८० शुक्रबार १३:५५ बजे

काठमाडौँ- मलेसियामा जारी चारदेशीय महिला टी-ट्वान्टी सिरिजअन्तर्गत नेपालले आयोजक मलेसियालाई ८३ रनको लक्ष्य दिएको छ ।

बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनायो । बर्षाका कारण खेल प्रभावित भएपछि १८ ओभरमा झारिएको थियो ।


नेपालका लागि कप्तान रुविना क्षेत्रीले २३ रन तथा इन्दु वर्माले २० रन जोडे । काजल श्रेष्ठले १८ रन बनाइन् ।

मलेसियाका लागि महिरन इस्माइल, नुर दानिया र आइना हसिमले २-२ तथा आइश्या इलिसाले १ विकेट हात पारे ।


Author

थप समाचार
x