टी-ट्वान्टी सिरिजः मलेसियासँग पराजित नेपालले हङकङसँग फाइनल खेल्ने
काठमाडौँ- मलेसियामा जारी चारदेशीय महिला टी-ट्वान्टी सिरिजको फाइनलमा नेपाल र हङकङ खेल्ने भएको छ ।
समूह चरणको अन्तिम खेलमा नेपाललाई ६ विकेटले पराजित गरेपनि आयोजक मलेसिया नेट रनरेटमा पछि पर्दै फाइनलमा पुग्न सकेन ।
नेपाल, हङकङ र मलेसियाले ३ मध्ये समान २-२ खेलमा जित हात पार्दै ४-४ अंक जोडेको थियो । तर नेट रनरेटमा नेपाल र हङकङ फाइनलमा प्रवेश गरेका हुन् । कुवेतले भने ३ वटै खेलमा पराजय भोग्यो ।
शुक्रबार नेपालले दिएको ८५ रनको लक्ष्य मलेसियाले १६ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
मलेसियाको जितमा आइना हसिमले अविजित ३७ रन तथा महिराह इस्माइलले २१ रन जोडे । नेपालका लागि पुजा महतो, सीता राना मगर र कप्तान रुविना क्षेत्रीले १-१ विकेट हात पारे ।
यसअघि बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनायो । बर्षाका कारण खेल प्रभावित भएपछि १८ ओभरमा झारिएको थियो र मलेसियाले ८५ रनको लक्ष्य पाएको थियो ।
नेपालका लागि कप्तान रुविना क्षेत्रीले २३ रन तथा इन्दु वर्माले २० रन जोडे । काजल श्रेष्ठले १८ रन बनाइन् ।
मलेसियाका लागि महिरन इस्माइल, नुर दानिया र आइना हसिमले २-२ तथा आइश्या इलिसाले १ विकेट हात पारे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया