क्यानको बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी दिने पारस खड्काको घोषणा
फाइल तस्बिर
काठमाडौँ- नेपाल क्रिकेट संघ क्यानको बागमती प्रदेश अध्यक्षमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले उम्मेदवारी दिने भएका छन् ।
पारसले बागमतीका चार जिल्लाको समर्थनसहित बागमती प्रदेश अध्यक्षमा उठ्न लागेको घोषणा गरेका हुन् । काठमाडौँमा पत्रकार सम्मेलन गर्दै साेबारे जानकारी गराएका हुन् । हाल उनी काठमाडौँ जिल्ला क्रिकेट संघका कार्य समिति सदस्य हुन् ।
पारसले आफूलाई काठमाडौँ, ललितपुर, भक्तपुर र मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्षहरूले समर्थन गर्ने पनि घोषणा गरेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया