श्रीलंकन बलर चमिराले एसिया कप गुमाउने, हसरंगाले पनि समूह चरणमा नखेल्ने
काठमाडौँ- श्रीलंकन बलर दुसमन्था चमिराले पाकिस्तान र श्रीलंकामा हुने एसीसी एसिया कप गुमाउने भएका छन् ।
लंकन प्रिमियर लिगका क्रममा चोट बोकेपछि चमिराले एसिया कप गुमाउने भएका हुन् ।
यता खुट्टामा चोट बोकेका अलराउन्डर वानिन्दु हसरंगाले पनि समूह चरणका खेलहरु गुमाउने भएको क्रिक इन्फोले जनाएको छ ।
अर्कोतर्फ कुशल पेरेरा र अभिस्का फर्नान्डोलाई कोभिड लागेका छन् र उनीहरुको अवस्थाअनुसार टिममा स्थान दिइनेछ ।
एसिया कपका लागि समूह ‘बी’ मा रहेको श्रीलंकाले पहिलो खेल बंगलादेविरुद्ध अगस्ट ३१ तथा दोस्रो खेल अफगानिस्तानविरुद्ध सेप्टेम्बर ५ मा खेल्ने तालिका रहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया