क्रिकेट

अफगानिस्तानलाई हराएको पाकिस्तान एकदिवसीय वरीयताको शीर्ष स्थानमा

इकागज |
भदौ १०, २०८० आइतबार ९:० बजे

काठमाडौँ- अफगानिस्तानविरुद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिन स्विप गरेको पाकिस्तान आईसीसीको एकदिवसीय वरीयताको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति श्रीलंकाको कोलम्बोमा सम्पन्न तेस्रो तथा अन्तिम एकदिवसीय खेल ५९ रनले जितेसँगै पाकिस्तान वरीयताको शीर्ष स्थानमा उक्लिएको हो ।


पाकिस्तानले वरीयतामा अस्ट्रेलियालाई पछि पारेको छ । भारत भने तेस्रो स्थानमा रहेको छ । नेपाल भने १५ औँ स्थानमा यथावत रहेको छ ।

शनिबार राति २ सय ६९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान भने ४८ ओभर ४ बलमा सबै विकेट गुमाएर २ सय ९ रनमात्र जोड्न सक्यो ।

अफगानिस्तानका लागि मुजिब उर रहमानले सर्वाधिक ६४ रन जोडे । पाकिस्तानका लागि शदाब खानले सर्वाधिक ३ विकेट तथा मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी र फहिम असरफले समान २-२ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ६८ रन बनायो ।

पाकिस्तानका लागि मोहम्मद रिजवानले ६७ तथा कप्तान बाबर आजमले ६० रन बनाए । अफगानिस्तानका गुल्बदिन नइब र फारिद अहमदले समान २-२ विकेट हात पारे ।


Author

थप समाचार
x