विश्वकप क्रिकेट विजेता पाकिस्तानसँग भिड्दै नेपाल
पाकिस्तान र भारत दुवै टिमविरुद्ध अनपेक्षित नतिजा निकाल्ने चाहना : कप्तान रोहित
काठमाडौँ- आजदेखि सुरु हुने एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
पाकिस्तानस्थित मुल्तान स्टेडियममा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो । सो खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजेबाट मा सुरु हुनेछ ।
नेपालले पाकिस्तानविरुद्ध उद्घाटन खेलका लागि मैदानमा उत्रँदा नेपालका लागि एसिया कपमा डेब्यू पनि हुनेछ । नेपालले पहिलो पटक एसिया कप खेल्न लागेको हो ।
नेपाल पाकिस्तानको सिनियर टिमसँग कुनै पनि फर्म्याटमा पहिलो पटक आमनेसामने हुन लागेको हो ।
एसिया कपले नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताको शीर्ष स्थानको पाकिस्तानसँग खेल्ने अवसर जुराएको छ ।
नेपाल र पाकिस्तानबीचको खेलअघि उद्घाटन समारोह समेत आयोजना हुने तालिका रहेको छ ।
समूह ‘ए’ मा रहेको नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेल भारतविरुद्ध श्रीलंकामा सेप्टेम्बर ४ मा खेल्ने तालिका रहेको छ ।
नेपालले भारतको सिनियर टोलीविरुद्ध पनि पहिलोपटक खेल्न लागेको हो । भारत पनि अहिले आईसीसीको एकदिवसीय वरीयताको तेस्रो स्थानमा छ ।
एसिया कपलाई नेपालले खेल जित्नुभन्दा पनि सिक्ने ठूलो अवसरको रुपमा लिएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईले पनि नेपालले जित्ने भन्दा पनि सिक्ने अवसरको रुपमा लिने बताएका छन् ।
तर कप्तान रोहित कुमार पौडेलले भने पाकिस्तान र भारत दुवै टिमविरुद्ध अनपेक्षित नतिजा निकाल्ने चाहना रहेको बताएका छन् ।
यसैबीच भारतीय ब्याटर केएल राहुलले पाकिस्तान र नेपालविरुद्धको खेल गुमाउने भएका भारतीय टिमका मुख्य प्रशिक्षक राहुल ड्रविडले जनाएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया