क्रिकेट

एसिया कपः यस्तो छ पाकिस्तानविरुद्ध नेपालको प्लेइङ-११

इकागज |
भदौ १३, २०८० बुधबार १४:५९ बजे

काठमाडौँ- एसीसी एसिया कपको उद्घाटन खेलमा नेपालले आयोजक पाकिस्तानविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।

समूह ‘ए’ अन्तर्गत पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा टस जितेर पाकिस्तानले नेपाललाई पहिला बलिङका लागि निम्तो दिएको हो । पाकिस्तानले भने पहिला ब्याटिङ गर्ने भएको छ ।


नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो पटक पाकिस्तानको सामना गर्दैछ । सन्दीप लामिछानेले नेपालका लागि ५० औँ एकदिवसीय खेल्दैछन् । 

नेपालको प्लेइङ-११

कप्तान रोहित पौडेल, आशिफ शेख, कुशल भुर्तेल, आरिफ शेख, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।


Author

थप समाचार
x