क्रिकेट

एसीसी एसिया कप : पाकिस्तानविरुद्ध बलिङमा नेपाल

इकागज |
भदौ १३, २०८० बुधबार १५:२८ बजे

काठमाडौँ- एसीसी एसिया कपको उद्घाटन खेलमा नेपालले आयोजक पाकिस्तानविरुद्ध पहिला बलिङ गरिरहेकाे छ ।

समूह ‘ए’ अन्तर्गत पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा टस जितेर पाकिस्तानले नेपाललाई पहिला बलिङका लागि निम्तो दिएको हो ।


नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो पटक पाकिस्तानको सामना गर्दैछ । सन्दीप लामिछानेले नेपालका लागि ५० औँ एकदिवसीय खेल्दैछन् । अहिले खेलकाे तेस्राे  ‌‌‌‍‍‍‍ओभर चलिरहेकाे छ ।

नेपालको प्लेइङ-११

कप्तान रोहित पौडेल, आशिफ शेख, कुशल भुर्तेल, आरिफ शेख, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।

 


Author

थप समाचार
x